ताजा खबर News

१२ मन्त्रीलार्इ सदनमा प्रश्न, जवाफ दिने क्रम जारी

१२ मन्त्रीलार्इ सदनमा प्रश्न, जवाफ दिने क्रम जारी
samsad असार - २२ । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभयो । वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, आपूर्ति, सामान्य प्रशासन, पशुपक्षी विकास, सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था र कृषि विकासमन्त्रीले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रश्नका जवाफ दिए । मन्त्रालयको विभिन्न शीर्षक माथिका छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने क्रम जारी रहनेछ । व्यवस्थापिका–संसद्को अर्को बैठक असार २४ शुक्रबार बिहान ११ बजे बस्नेछ । रासस

Samsad

विशेष