आयुर्वैदिक पसलका संचालक र ल्याब टेक्निसियन पक्राउ
असार - २२ । औषधि व्यवस्था विभाग बिराटनगर र जिल्ला प्रशासन कार्यालय झापाको टोलीले अनुगमनको क्रममा दुई जनालाई पक्राउ गरेको छ ।
बिर्तामोडको रबिन आयुर्वैदिक औषधि पसलका संचालक रणदेब हजाम र ल्याब टेक्निसियन रामनारायण मण्डललाई पक्राउ परेका छन् । उनीहरुले अनुगमनको क्रममा रगत जाचँ र औषधिमा सेवाग्राहीसित बढी रकम असुलेको र डाक्टर आफैं भन्दै जाच्दै गरेको अवस्थामा पक्राउ गरी कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको जिल्ला प्रशासन कार्यालय झापाका कानून अधिकृत प्रमोद भट्टराइले बताए ।
झापाको बिर्तामोड तथा दमकका औषधि पसलको निरिक्षणको क्रममा दर्ता नभएका तथा प्रक्रिया नपुरयाई संचालनमा रहेका पसल बन्द गराइएको हो ।
बिर्तामोडको चिमरिया फार्मैसीलाई ७ दिनको लागि बन्द गराइएको छ । दर्ता नभएका तथा यौनबद्र्धक औषधि बिक्री गर्नै तिम्सिना फार्मैसीलाई औषधि व्यवस्था विभागमा स्पष्टिकरण, दमकमा अनुमति बिना संचालित परिधि फार्मैसी बन्द गराइएको छ । त्यस्तै दमकको डेन्टल क्लिनिकका प्रोपाइटर कमलेश ठाकुरको डेन्टलमा काम सिक्ने जिवन नेपालीले सेवाग्राहीको दातं उखेलेर औषधि किन्न सिफारिस गरेको बेला पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था विभागका फार्मैसी अधिकृत गणेश कुमार तामागंले बताए ।
Doctor in jail