ताजा खबर News समाज

यसरी फर्किएका थिए पारस भेन्टिलेटरबाट

यसरी फर्किएका थिए पारस भेन्टिलेटरबाट
Parsh-Shaha भेन्टिलेटर भनेको कृतिम स्वासप्रश्वाश दिएर बिरामीको उपचार गर्ने विधि हो । विरामीको अवश्था अत्यन्त नाजुक भएपछि भेन्टिलेटरको प्रयोग गरिन्छ । भेन्टिलेटरमा राखिएका बिरामी फर्कदैन भन्ने आम मनोविज्ञान छ । तर, त्यसो होइन । बिरामीलाई कृतिम स्वासप्रश्वास दिने र उसका शरीरका अंगलाई विस्तारै सामान्य अवश्थामा फर्काउने विधि हो भेन्टिलेटर । उदाहरण हुन्ः पूर्व युवराज पारस शाह । केही समय पहिलेसम्म पारस थाइल्याण्डको बैंककमा बस्दथे । फागुन ८, २०६९ मा उनलाई हृदयघात भयो । उनको आन्तरिक रक्तश्राव समेत भएको थियो । तत्काल समितिभेज अस्पतालले भेन्टिलेटरमा राखेर उपचार थाल्यो । पारसको मृत्यु भएको सम्मका समाचार प्रकाशित हुन थाले । पूर्वयुवराज भन्ने थाहा भइसकेपछि अस्पतालले नियमित विज्ञप्ति निकाल्न थाल्यो । पारस अस्पताल भर्ना भएको तेस्रो दिन पत्नी हिमानी बैंकक हानिइन् । त्यसपछि पूर्वराजदम्पत्ति त्यसतर्फ लागे । सबैले अड्कल काटेः पारस रहेनन् । अस्पतालले सधैं विज्ञप्ति जारी गर्दै अवश्था चिन्ताजनक तर स्थिर भन्दै गयो । उही विज्ञप्तिमा मिति फेरेर जारी गरिएजस्तो लाग्थ्यो । भेन्टिलेटरमा राखिएको १२ दिन अर्थात फागुन १९ मा पारसले आंखा खोले, थोरै चलवलाए । धेरैलाई पत्यारै लागेन । भेन्टिलेटरमा राखिएको झण्डै ३ हप्तापछि उनलाई बाहिर झिकियो, त्यसको केही दिनपछि त डिचार्ज नै गरियो । अस्पतालकै शब्दमा चमत्कार गरेका थिए पारसले । अहिले पारस नेपालमा छन् । खप्तडको भ्रमण गरि फर्किएका छन् । घोडचढी समेत गरेका छन् । पहाडपनि उक्लिएकै छन् । चिकित्सकको नियमित निगरानीमा रहेपनि उनको जीबनमा नाटकीय परिवर्तन आएको छ । अहिले सशांक भेन्टिलेटरमा छन् । विपी पुत्र तथा नेपाली कांग्रेसका महामन्त्री भएका कारण उनको स्वाश्थ्य प्रति धेरैको चासो छ । अनेक आंशका गरिन थालेको छ । सकारात्मक सोचौं । पारस झैं सशांक पनि 'भगवानको कृपा र तपाईहरुको आर्शिवादले फर्किए' भन्दै मुस्कुराउंदै आउनेछन् ।

Om Hospital Paras Shaha Shashank Koirala

विशेष