ताजा खबर News

सिन्धुपाल्चोकमा ३ बर्षमा ३ महाविपत्ति

सिन्धुपाल्चोकमा ३ बर्षमा ३ महाविपत्ति

२०७१–जुरे पहिरो,  २०७१ साउन १६ गते मध्यराति जुरे पहिरोमा मांखा, राम्चे, धुस्कुन र टेकानपुरका १४५ जनाले ज्यान गुमाए भने ९७ घर पहिरोमा परेका थिए । बनसाँघु माध्यमिक विद्यालयका ३३ जना विद्यार्थी जुरेको पहिरोमा परेका थिए । डुबानमा परेका र बस्न नमिल्ने भएका समेत गर्दा जम्मा २२० घर प्रत्यक्ष प्रभावित भएका थिए। 

२०७२–भूकम्पबाट सर्वाधिक क्षति,  २०७२ बैशाख १२ गते र पटक पटककाे पराकम्पबाट सिन्धुपाल्चाेकमा सबैभन्दा धेरै क्षति पुग्याे । सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७५ जनाको मृत्यु भएको थियो । अझै पनि गोठ र त्रिपालमै जीवन गुजारिरहेका छन् ।

२०७३–भोटेकोसीको बाढी,  सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगायाे । बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पुर्याे ।  नदीका दायाँबायाँका धेरै भागमा क्षति पुर्याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ ।  

badhi Sindhupalchik

विशेष