ताजा खबर News

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधारको सङ्केत

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधारको सङ्केत

om ma prachanda

काठमाडौँ, २२ असार । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिए पनि अझै गम्भीर रहेको छ ।

चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उहाँको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न डा लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि अझै गम्भीर नै रहेको जानकारी दिए । अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा जोशीले महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको र बोलाउदा उनले महसुस गरेको बताए । बिहानको तुलनामा मिर्गौला र कलेजोमा समेत सुधार देखिएको र अहिले उनको रक्तचापको अवस्था १२०–५० हुनुका साथै चिकित्सकले औषधिको पूरा मात्रा दिएर उपचार भइरहेको जनाएका छन् । स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास प्रश्वासको सहयोग दिइएको छ । उनको गम्भीर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले एयर एम्बुलेन्समार्फत विदेश लैजानुभन्दा उपचारको सबै व्यवस्था यही गर्नु उपयुक्त हुने जनाएका हुन । कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिए ।

Shashank Koirala

विशेष