सांसदसंगै किर्ते गरी ८ जनालाई स्पेन पठाउन लागेका खड्का भुमिगत
असार - २२ । नेकपा माओवादी केन्द्रका ८ सांसदको सहयोगी बनाइ ८ जनालाई स्पेन पठाउन लागेका कन्सल्ट्यान्ट संचालक खड्का भुमिगत भएका छन् । उनले सांसदको सहयोगी हुन भनी कीर्ते कागज बनाइ सांसद संगै ८ जनालाई स्पेन पठाउन लागेको बताइएको छ । सांसदसंगको मिलोमतोमा हो वा उनले गोप्यरुपमा सो कार्य गरेका थिए भन्ने खुलेको छैन ।
यो संगै खड्काको कन्सल्ट्यान्सीले गैरकानूनीरुपमा पठाएका दर्जनौ व्यक्तिको फेहरिस्त प्रहरीले प्राप्त गरेको बताइएको छ । शीर्ष तहमा सर्म्पक स्थापित गर्ने र नेतासंगै गैरकानुनी हिसाबले मानव तस्करी गर्ने गरेको आरोप सो कन्सल्टयान्सीमाथि लागेको छ ।
माओवादी केन्द्रका सांसदहरुले आफूहरुलाई फसाइएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । योसंगै अन्य कन्सल्ट्यान्सीमाथि पनि प्रहरीले निगरानी बढाएको छ । यो प्रकरणले पूर्णता पाएमा लहरो तान्दा पहरो भत्कने जानकारहरुको भनाइ छ ।
यसरी पठाइएका व्यक्तिमार्फत कन्सल्ट्यान्सीले लाखौं रुपैयां असुल्ने गर्दछन् । सांसद र नेता फर्के पनि उनीहरुसंगै गएका व्यक्तिहरु भने फर्कदैनन् ।
manb taskari ko aarop lageka maobadi savasad
Shanshad
Taskari