खेल ताजा खबर News

युरोकप फुटबलको फाइनलमा पोर्चुगल, वेल्सको यात्रा टुंगियो

युरोकप फुटबलको फाइनलमा पोर्चुगल, वेल्सको यात्रा टुंगियो

4 असार २३ । पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा स्थान पक्का गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र नानीले गोल गरे ।

3

पहिलो हाफामा गोल रहित बराबरी भएको खेलमा दोस्रो आफको सुरुवातमै रोनाल्डोको सुन्दर हेड गोल मार्फत पोर्चुगलले अग्रता लियो । ५० औं मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् ।

1

त्यसको तीन मिनेटपछि रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । पोर्चुगल योसँगै दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले अब फाइनलमा बिहीबार राति हुने फ्रान्स र जर्मनी बिचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Uro cup

विशेष