ताजा खबर News

दलाई लामाको जन्मोत्सवमा प्रहरी हस्तक्षेप

दलाई लामाको जन्मोत्सवमा प्रहरी हस्तक्षेप

Dalai Lama काठमाडौँ, असार २३ । नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ । प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन बुधवार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन्।

बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो । लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए । अन्नपूण पोष्ट

Dalai Lama

विशेष