ताजा खबर विदेश News

सिरिया सरकारद्वारा ७२ घण्टे युद्धविरामकाे घाेषणाा

सिरिया सरकारद्वारा ७२ घण्टे युद्धविरामकाे घाेषणाा

असार २३ । सिरियामा सरकारले ७२ घण्टाका लागि एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिमहरुको पवित्र धार्मिक चाड ईदका अवसरमा सिरियाई सेनाले एकतर्फी युद्ध विरामको घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो । यो युद्धविराम शुक्रबारको मध्यरातसम्म लागु हुने जनाइएको छ । ईद उल फित्रका अवसरमा गरिएको यस युद्धविरामको आफूहरुले पनि सम्मान गर्ने विभिन्न विद्रोही समूहहरुले पनि जनाएका छन् ।

यसअघि राष्ट्रपति बसर अल असदले युद्धबाट भग्नावशेषमा परिणत भएको होम्स शहरमा सार्वजनिक रुपमा नमाज गरेको देखाइएको थियो । अस्थायी युद्धविरामको अमेरिकी विदेश मन्त्री जोन केरीले पनि स्वागत गरेका छन् । सिरियामा असदविरुद्धको पाँच वर्षे विद्रोहमा दुई लाख ५० हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने लाखौं सर्वसाधारणले आफ्नो घर छाड्न बाध्य भएका छन् ।

Siriya

विशेष