ताजा खबर News

कोइरालाको अवस्था सुधारोन्मुख, औषधिको मात्रा घटाइयो: अस्पताल

कोइरालाको अवस्था सुधारोन्मुख, औषधिको मात्रा घटाइयो: अस्पताल

Patrakar असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको ओम अस्पतालले जनाएको छ । हिजोको भन्दा सुधार भए पनि अझै खतरामुक्त चाहिँ भनिहाल्ने नसकिने डाक्टरहरुको निश्कर्ष छ । कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी दिन विहीबार विहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा डा. लब जोशीले कोइरालाको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको बताए । डाक्टरहरुले बोलाउँदा थाहा पाउने र टाउको हल्लाउने गरेको भन्दै डा. जोशीले औषधि र अक्सिजनको सर्पोट पनि क मगर्दै लगिएको बताए । अहिले उनलाई ४० प्रतिशतमात्रै अक्सिजन दिइएको र भेन्टिलेटरमै राखिएको जोशीले बताए ।

Sasanka

विशेष