ताजा खबर News

विमानमा चरा ठोकियो

विमानमा चरा ठोकियो

Nepal_Airlines_Boeing_757_Spijkers असार २३ । हङकङका लागि उडेको भरेको नेपाल वायुसेवा निगमको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । त्रिभुवन विमास्थलबाट उडान भरे लगत्तै चरा ठोक्किएपछि विमानलाई केहीबेर अघि आकस्मिक अवतरण गराइएको विमानस्थल सुरक्षा स्रोतले पुष्टी गरेको छ ।

चालक दलका सदस्यहरुले विमानलाई आकस्मिक अवतरण गराउन सफल भएको र कुनै मानवीय क्षति हुन नपाएको विमानस्थल व्यवस्थापनले जनाएको छ । हङकङका लागि उडेको सो विमानमा एक सय भन्दा बढी यात्रु सवार रहेको निगम स्रोतले जनाएको छ । विमानलाई आकस्मिक अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर उडान तथा अवतरण प्रभावित भएको थियो । बाहिरबाट आउने केही जहाजलाई आकाशमा होल्ड गर्न लगाइएको थियो ।

Nepal Airlince

विशेष