बंगलादेशमा बिष्फोट, ४ को मृत्यु


असार २३ । बंगलादेशको राजधानी ढाकाबाट १ सय ४० किलोमिटर टाढाको किशोरगञ्जमा इद उल फित्रको सामूहिक नमाज पढिरहेको स्थान नजिकै बिहीबार बिष्फोट हुँदा एक सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको छ ।
इद उल फित्रको दिन नमाज पढ्न २ लाख मानिस जम्मा भएको स्थान नजिकै आक्रमणकारीले घरेलु बम प्रहार गरेका थिए । ‘आक्रमणकारीले प्रहरी चेकपोष्टलाई लक्षित गरी बम प्रहार गरेका थिए । बिष्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ ।
Bangladesh Attak