खेल ताजा खबर News

रोनाल्डोको नाममा रेकर्ड नै रेकर्ड

रोनाल्डोको नाममा रेकर्ड नै रेकर्ड

4 रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म ठुला उपाधि जित्न सकेका छैनन् । क्लब फुटबलमा सबैखाले उपलब्धी आत्मसाथ गरिसकेका रोनाल्डोले ३ पटक फिफा वर्ष खेलाडीको नाम लेखाइसकेका छन् । फ्रान्समा जारी १५ औं संस्करणको युरोकप अन्तर्गत वेल्स विरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका रोनाल्डोले यसअघि नै विभिन्न रेकर्ड कायम गरिसकेका छन् ।

युरोकपमा रोनाल्डोले बनाएका रेकर्डहरु

मिचेल प्लाटिनीको रेकर्ड बराबरी वेल्स विरुद्ध गोल गरेसँगै पोर्चुगलका रोनाल्डोले युरोकपमा फ्रान्सका मिचेली प्लाटिनीको नाममा रहेको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन् । वेल्स विरुद्ध गोल गर्दै रोनाल्डोले ३१ वर्ष पुरानो रेकर्ड बराबरी गरेका हुन् ।जारी युरोकपकपमा ३ गोल गर्दै रोनाल्डाले प्लाटिनीको ९ गोलको बराबरी गरेका हुन् । सन् १९८४ को एकमात्र युरोकप खेल्दा प्लाटिनीले ९ गोल गरेका थिए । जुन अहिलेसम्म एकै संस्करणमा भएको सर्वाधिक गोल हो ।फ्रान्समा युरोकप खेल्न जानुअघि रोनाल्डोले अघिल्ला तीन युरोकपमा ६ गोल गरेका थिए ।

रोनाल्डोले जारी युरोकप अन्तर्गत समूह चरणमा हंगेरी विरुद्धको खेलमा २ गोल गरेका थिए । यस्तै छनोट र मुख्य प्रतियोगितामा समेत गरेर रोनाल्डोले सर्वाधिक २९ गोल गरिसकेका छन् ।

तीन पटक सेमिफाइनल खेल्ने पहिलो खेलाडी

सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा डेब्यु गर्दै पहिलो पटक सेमिफाइनल खेलेका रोनाल्डो ३ वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१२ को संस्करणमा पनि रोनाल्डोले सेमिफाइनल खेलेका थिए । तर पोर्चुगल स्पेनसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । यस्तै जर्मनीका कप्तान बास्टिन स्वाइन्सटाइगर र लुकास पोडोल्स्कीले पनि सन् २००८ र २०१२ मा युरोकपको सेमिफाइनल खेलेका थिए ।

चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो युरोकपको लगातार चार संस्करणमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी बनेका छन् । सन् २००४ देखि २०१६ सम्म निरन्तर युरोकप खेलेका रोनाल्डो हरेक संस्करणमा गोल गर्न सफल भएका थिए । डेब्यु युरोमा २ गोल गरेका रोनाल्डोले सन् २००८ मा १ र सन् २०१२ मा ३ गोल गरेका थिए ।

युरोकपमा सर्वाधिक खेल खेल्ने रेकर्ड

रोनाल्डो युरोकप इतिहासमै सर्वाधिक खेल खेल्ने खेलाडी समेत बनेका छन् । जारी युरोकपमा ६ खेल खेलिसकेको रोनाल्डो अहिलेसम्म २० खेलमा सहभागिता जनाइसकेका छन् र अझै फाइनल खेल्न बाँकी नै छ। सन् २००४ मा सबै ६ खेल खेलेका रोनाल्डोले २००८ मा ३ तथा २०१२ मा ५ खेल खेलेका थिए । यस्तै जर्मनीका कप्तन बास्टिन स्वाइन्स्टाइगर र इटलीका कप्तान तथा गोलरक्षक जियानलुजी बफोनले समान १७ खेलमा सहभागिता जनाएका छन् ।

Ronaldo Uro Cup 2016

विशेष