ताजा खबर यौन-शिक्षा News

नेपाली भाषाका यौन वेबसाइट च्याउसरी, किशोरकिशोरीदेखि उमेर ढल्केकासम्म प्रभावित

नेपाली भाषाका यौन वेबसाइट च्याउसरी, किशोरकिशोरीदेखि उमेर ढल्केकासम्म प्रभावित
इन्टरनेट प्रयोगकर्ता मध्ये ठूलो हिस्साले यौनका सन्दर्भ खोजिरहेको तथ्य सार्वजनिक भइसकेको छ । यौन सामाग्रीको अध्याधिक खोजिका कारण इन्टरनेट ट्राफिकलाई समेत प्रभावित बनाउने गरेको छ । कम्पुटरमा खोल्दाबित्तिकै आफुलाई हेर्न मन लागेका तर दुनियांले बर्जित गरेका गतिविधि हेर्न पाइनेपछि यसतर्फको आकर्षण बढेको हो । हुंदाहुंदा इन्टरनेटबाटै यौनको कारोवार हुन थालेको छ । nepali-porn-website-modifiedपश्चिमा देशमा पोर्न साइटहरुको यौन व्यापार राम्रैसंग फष्टाएको छ । विस्तारै यो प्रवृत्ति नेपालमा पनि भित्रिन थालेको देखिएको छ । वैदिक हिन्दु सस्कांरको मूलभूमी मानिने नेपालमा पोर्न साइटहरु चुनौती बनेर देखिएका छन् । जानकारहरुका अनुसार पछिल्लो समय पोर्न साइट हेर्नेको नेपालीको संख्या ह्वात्तै बढेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका अनुसार यौन क्रियाकलापमा आधारित ब्लुफिल्म र कामुक दृश्यको खपत नेपाली सर्भरमा पनि अध्याधिक भइरहेको छ । नेपाली कान्छी, नेपाली ट्युबनेट, नीलोपाटीलगायतका थुप्रै पोर्न साइटहरु संचालनमा रहेका छन् । यस्ता साइटहरु संचालन गर्न कानूनतः मिल्दैन । तरपनि निर्वादरुपमा संचालनमा छन् । केही समय पहिले गृहमन्त्रालयले यस्ता साइट संचालक र अपलोडरमा निगरानी राखेको थियो । अहिले यसबारेमा के भइरहेको छ भन्ने जानकारी दिन गृहका अधिकारीहरु तयार भएनन् । पोर्न साइटको प्रभाव पोर्न साइट प्रयोगकर्ताहरु किशोरवयका देखि वृद्धवयका रहेको बताइन्छ । बढीजसो प्लस टु पढ्दै गरेका विद्यार्थी पोर्न साइटका प्रयोगकर्ता रहेका छन् । साइट हेर्ने र त्यहां देखिएका गतिविधि सिको गर्न खोज्दा यौनसंग सम्बन्धित अपराधिक गतिविधि बढेको बताइन्छ । अचम्म त के भने पोर्न साइट हेर्नेमा महिलाहरुको संख्या अत्याधिक देखिएको छ । श्रीमान विदेशमा रहेको वा व्यस्त भइरहने महिलाले समय कटाउन तथा मनको प्यास मेटाउन यस्ता साइटको सहारा लिने गरेको बताइन्छ । प्रहरी स्रोतका अनुसार पोर्न साइट हेरेर परपुरुषसंग आर्कषित भएको र सम्बन्धले अपराधिक रुप लिएको उदाहरण प्रशस्त्रै छन् । पोर्न साइट हेर्नु भनेको कुलतमा पर्न थाल्नु हो । पोर्नसाइटले मानब शरीरमा उत्तेजक हर्मोन पैदा गर्ने र यसले विस्तारै अध्ययनलगायतका रचनात्मक गतिविधिबाट मानिसलाई अन्यत्रै मोड्ने गर्दछ । पोर्न साइट हेर्न थालेपछि झनझन् हेरुंहेरु लाग्ने र हेर्दिन भन्दापनि मनले नमान्ने स्थिति आउने हुंदा बेलैमा सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाब छ ।

Porno Site sex problem

विशेष