लम्जुङमा भूकम्पकाे धक्का महसुस
असार २३ । लम्जुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको हो । लम्जुङ र तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।
विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४६४ परकम्प गइसकेको उनले जानकारी दिए । रासस