अपराध सुरक्षा ताजा खबर मनोरञ्जन News

ऋषि धमला परे स्मिताको फन्दामा, धमलामाथि साइबर मुद्दा !

ऋषि धमला परे स्मिताको फन्दामा, धमलामाथि साइबर मुद्दा !

असार – २३ । मोडेल स्मिता थापाले पत्रकार तथा रिपोर्टस क्लवका अध्यक्ष ऋषी धमलाबिरुद्ध साइबर क्राइमको मुद्दा दायर गर्ने भएकी  छन् । आज नेपाल आजसँग टेलिफाेन कुरा गर्दै उक्त कुरा बताएकी हुन् ।

बेलाबेलामा विभिन्न काण्डहरु गरेर विवादमा पर्ने पत्रकार धमला फेरि विवादमा तानिएका छन । मोडेल स्मिता थापाले धमलाबिरुद्ध साईबर क्राईम अन्र्तगत उजुरी हाल्ने तयारी गरेकी छिन ।

किन हाल्दै छिन् उजुरी स्मिताले ? एक टेलिभिजन कार्यक्रमकाे अन्तरवार्ता गर्दा प्रसारण नगर्नु भनेको दृष्य प्रसारण गरिदिएपछि मुद्दा हाल्न लागेकाे उनले बताइन् । ‘मलार्इ उहाँले एउटा टेलिभिजन प्राेग्राममा  बोलाउनु  गएको थिए । त्यहाँ अन्तरवार्ता पनि भयो, तर अझैसम्म टेलिकास्ट भएको छैन । मैले त्यसलाई टेलिकास्ट नगर्नु भनेको हुँ । तर उहाँले आफ्नो अनलाइनमा मैले नभनेको कुराहरु लेख्नुभयो । उहाँले मेरो बेइज्जत हुने टाइपको कुरा लेख्नु भयो, जुन कुरा मैलै भनेको नै छैन ।’ उनले नेपाल अाजलार्इ भनिन् ।

‘उहाँले ह्वीस्की पिएर सेक्स गर्दा मजा आउछ भनेर मैले भनेको लेख्नु भाको छ । तर यस्तो मैले केही भनेको छैन । तै पनि मैले उहाँको अनलाइनमा अन्तरवार्ता दिएको हैन, र टेलिभिजनको अन्तरवार्ता भनेर उहाँले लेख्नु भाको पनि छैन ।’ ‘उहाँले मेरो बेइज्जत गर्ने नियतले समाचार लेख्नु भाको छ । उहाँको अनलाइनबाट हटाए पनि अरु अनलाइनले हटाको छैनन । मेरो बेइज्जत पनि भईसक्यो ।

उहाँलाई समाचारको खण्डन गनै आग्रह गरे तर उहाँले गर्नुभएको छैन । कसैको बेइज्जत गर्ने कसैलाई अधिकार दिएको छैन । मैले सबै तयारी गरिसके छु । उहाँले भोलीसम्म समाचारको खण्डन नगरे म साइबर क्राइममा उहाँलाई उजुरी हाल्छु ।’  

Rishi Dhamala Sagar Budhathoki Smita Thapa

विशेष