ताजा खबर News स्वास्थ्य

महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा

महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा

Shashanka-Koirala

असार - २३ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उहाँ खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले बेलुकीसम्म भेन्टिलेटर झिकिने छ । अहिले उहाँको रक्तचाप १२०-८०, मुटुको धड्कन ९०-८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिए ।

महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा अाइसकेकाे र उनले कुराकानी पनि गरेको अस्पतालले जनाएको छ । एमडी श्रेष्ठले भने – “अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ । हामीले औषधिको मात्रा पनि घटाएका छौँ । उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ ।”

यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गर्दै नेता कोइराला पुनः स्वस्थ जीवनशैलीका साथ पार्टी जीवनमा फर्कने विश्वासका साथ स्वास्थ्यलाभको कामना गरेको छ ।

र याे पनि 

शशांककाे अवस्था खतरामुक्त, भेन्टिलेटरबाट बाहिर निकालियाे 

शशांककाे लागि अस्पतालमा स्वस्ती शान्ति

ओम हस्पिटलले पत्रकार सम्मेलन गर्दै, प्रचण्ड र शक्ति बस्नेत ओममा

कोइरालाको अवस्था गम्भीर, सुधार नभएसम्म यहीँ उपचार गराउन डाक्टरकाे सुझाव

कांग्रेस महामन्त्री सशांक भेन्टिलेटरमा, स्वास्थ्य गम्भीर भएपछि एअर एम्बुलेन्समा भारत लैजाने बारेमा अन्यौल

सिन्धुपाल्चोकमा अर्को बिपत्ति भिषण बाढी पहिरो

Shashank Koirala

विशेष