अनेरास्ववियुद्वारा १०० विद्यार्थीलाई छात्रवृत्ति
असार - २३ । अनेरास्ववियुले प्रवेशिका परीक्षा उत्तीर्ण १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ६५औँ जन्मजयन्तीका अवसर पारेर उक्त छात्रवृत्ति प्रदान गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न, दलित, उत्पीडित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले पहुँचवालाले मात्र छात्रवृत्ति पाइरहेको अहिलेको अवस्थामा दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
छात्रवृत्तिका लागि दुर्गम क्षेत्रका उत्पीडित, अल्पसङ्ख्यक, मुक्तकमैयाका छोराछोरी, सहिद परिवार, द्वन्द्वपीडित, भूकम्प प्रभावित, पिछडिएको क्षेत्रका विद्यार्थी हुनुपर्नेछ ।
Annsfu