विदेश

इस्तानबुलका आक्रमणकारीहरुको खोजी तिब्र

इस्तानबुलका आक्रमणकारीहरुको खोजी तिब्र

असार -  २३ । टर्कीको राजधानी इस्तानबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आतङ्ककारी आक्रमण गर्ने व्यक्तिको खोजीकार्यलाई यहाँको प्रहरीले व्यापक बनाएको छ ।

Turki Blastयसअघि सो घटनामा सम्लग्नताको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । उक्त हमलामा केही रसियाली र अरू विदेशीको पनि हात रहेको अनुमान प्रहरीले गरेको छ ।

आरोपितहरुमा अधिकांश टर्कीज नागरिक नै रहेका जनाइएको छ । उक्त विमानस्थलमा भएको क्षतिको पुनःनिर्माण जारी रहेको सरकारले जनाएको छ । प्रहरीले यस आक्रमणको अनुसन्धान सुरु गरेदेखि हालसम्म ४० जना व्यक्तिलाई पक्राउ गरिसकेको बताइएको छ । त्यसमा रसियाली नागरिक पनि रहेका छन् । एक हप्ता अगाडि भएको यस आतङ्ककारी हमलामा १९ जना विदेशीसहित ४५ जनाको ज्यान गएको थियो । स्तानबुलको अतातुर्क विमानस्थलमा सो विस्फोट गराइएको थियो । एएफपी

Istanbul Turkey

विशेष