
असार – २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाका स्वास्थ्य अवस्थाको जानकारी दिन ओम हस्पिटलले पत्रकार सम्मेलन गरेको छ । कोइरालको स्वाथ्यमा निक सुधार आएको बताइएको छ ।
कोइरालाको स्वास्थ्यमा सुधार आएपनि अझै खतरामुक्त नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा आएको सुधारलाई डाक्टरले चमत्कारको संज्ञा दिए ।
बुधबार साँझ मात्र उनको स्वास्थ्यमा केही सुधार आएको थियो । बिहिबार दिउसोबाट भने उनलाई भेन्टिलेटरबाट निकालिएको छ ।
कोइराला मंगलबार साँझ स्वास्थ्यमा असहजता देखिएपछि ओम अस्पतालमा भर्ना गरिएको थियो । राति कोइराला बेहोस भएपछि उनको उनलाई निमोनिया भएको थियो ।
Shashank Koirala