ताजा खबर News समाज

भूकम्पपीडितको छात्रवृत्ति बेचियाे

भूकम्पपीडितको छात्रवृत्ति बेचियाे
Scholarship_BannerJPEG असार - २३ । भूकम्पपीडितले आठ सयभन्दा बढी विद्यार्थीका लागि सरकारले उपलब्ध गराएको छात्रवृत्ति लेनदेनमा बिक्री गरिएको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गर्दै भूकम्पपीडितले सरकारले छात्रवृत्ति उपलब्ध गराएपछि सिटिइभिटीले अपारदर्शी रुपमा विद्यार्थीको विवरण सार्वजनिक नगरी घोटाला गरेको आरोप लगाए ।  तारकेश्वर नगरपालिका–७ का राजकुमार परियारले सिटिइभिटीबाट दिइएको छात्रवृत्ति अपारदर्शी बनाइएको आरोप लगाए । उनले भने, “छात्रवृत्तिमा आर्थिक लेनदेन गरिएको छ, छात्रवृत्तिको परीक्षामा लगभग दुई सय जना मात्रै विद्यार्थी सहभागी भएकामा आठ सय जनालाई कसरी छात्रवृत्ति दिइयो ?” सिटिइभिटीसँगै राष्ट्रिय दलित आयोगले समेत आफूहरुलाई बेवास्ता गरेको उनले गुनासो गरे । उनले शिक्षामन्त्रीसहित सरकारले छानबिन गरेर वास्तविक भूकम्पपीडितलाई दिइएको छात्रवृत्तिको दुरुपयोग रोक्नुपर्ने माग गरे । रासस

Bhukampa Pidit

विशेष