अमेरिकाको कालोसूचीमा परे उत्तर कोरियाका राष्ट्रपति किम
असार – २३ । उत्तर कोरियाका राष्ट्रपतिलाई अमेरिकाले कालोसूचीमा राखेको छ । मानव अधिकार उल्लंघन गरेको गम्भिर आरोप लगाउँदै सर्वाेच्च नेता किम जोङलाई अमेरिकाले कालो सूचीमा राखेको हो ।
उनसँगै अन्य १० जनालाई अधिकारीहरुलाई पनि कालोसूचीमा राखेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकी वित्त मन्त्रालयले मानवअधिकार उल्लंघनका लागि उनी स्वयंम जिम्मेवार रहेको आरोप लगाएको छ ।
उनको व्यक्तिगत सम्पत्ती अमेरिकामा भए जफत हुने पनि बताइएको छ । अब उनले अमेरिकी नागरिक तथा संस्थासँग कुनै पनि कारोबार गर्न पाउने छैनन् । उनलाई लगाइएको आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् ।
Kim Jon