
असार – २३ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटरमा भेट भएको छ । माओवादीको केन्द्रको पोलिटब्युरो बैठक सकिएलगत्तै तीन दलका शीर्ष नेताको भेट भएको हो ।
पाँच बजे बस्ने भने पनि पोलिटब्युरो बैठक लम्बिएका कारण साँझ सात बेजबाट मात्र सुरु भएको होे । माओवादीले भने तीन दलको बैठक सामान्य छलफलमात्र हुन बताएको छ ।
स्रोतका अनुसार पोलिटब्युरोको पछिल्लो अडानबारे वार्ता गर्ने आजै निर्णय गरेकाले सोही बमोजिम दाहाल बालुवाटार पुगेको बताइएको छ ।
KP Sharma Oli
Pushpa Kamal Dahal
Sher Badhur Deuwa