यि हुन् सुफात्रा जसको साहाशिक निर्णयले शशांकको जीवन जोगियो, नेपालको साख बढ्यो
शशांक कोइराला कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा विजयी भएपछि राजनीतिको केन्द्रमा उदाय । विपी पुत्र र कोइराला परिवारका सदस्य शशांक जन्मजात राजनीतिमा परिचित छंदै थिए । तर, यिनी हाइ प्रोफाइल पोलिटिसियनकी श्रीमती सुफात्रा भाटिया भने राजनीतिक क्षेत्रमा गुमनाम छिन् । भारतीय बुबा र थाइ आमाकी छोरी सुफात्रा स्त्रीरोग विशेषज्ञ हुन् ।
पेशाले चिकित्सक उनको तस्बिरसमेत भेटाउन मुस्किल पर्दछ । गुगल सर्च गर्दापनि उनको फोटो शशांकसंग कतै देखिदैन ।
शशांक सिकिस्त बिरामी भएसंगै यिनी समाचार बनिन् । शशांकको उपचार नेपालमै हुनसक्छ भनि उनले देखाएको दृढताले उनीप्रति धेरैको ध्यान खिच्यो । सहानुभुतिकी पात्र बनिरहेकी सुफात्रा आर्दश बनेर उभिइन ।
यिनै गुमनाम डाक्टरले नेपालको नाक बचाएकी छिन् । अत्यन्त नाजुक अवस्थामा रहेका श्रीमान्लाई नेपालमै उपचार गराएर उनले नेपालको स्वास्थ्य क्षमता प्रमाणित गरेकी छिन् ।
ओम अस्पतालमा कार्यरत उनले सशांकलाई विदेश लगौं भनेको भए कसैले हुन्न भन्न सक्दैनथ्यो । कांग्रेस सभापति शेरबहादुर देउवासहित धेरै नेताले शशांकलाई भारत लैजान दबाब दिएका थिए । तर भारतीय मुलकी सुफात्राले नेपालमै उपचार गर्नु उपयुक्त हुने जवाफ दिइन । यदि उनले भारत लैजाउं भनेको भए सशांकको स्वास्थ्य अवस्था बीच बाटोमै के हुन्थ्यो ? भन्न सकिने अवस्था थिएन ।
शशांक गर्भमा छंदा उनका बुबा विपी कोइराला नेपालको पहिलो आम निर्वाचनको अभियानमा थिए । उनको जन्मसंगै पिता विपी प्रधानमन्त्री भए । उनी २ बर्षको हुंदा नहुंदै विपीको जेलयात्रा शुरु भयो । शशांकको बाल्यकाल भारतमा निर्वासित भएर वित्यो । त्यही उनले उच्च शिक्षा हासिल गरे ।
भारतमा चिकित्साशास्त्र पढ्दै गर्दा शशांक र सुफात्राको भेट भएको हो । एमविविएस पढ्दै गर्दा परेको प्रेम पछि विवाहमा परिणत भयो । विवाहपछि उनीहरुले थप विशेषज्ञता हाशिल गरे, सुफात्रा स्त्रीरोग विशेषज्ञ भइन शशांक आंखा रोग विशेषज्ञ भए ।
शशांक र सुफात्राकी एकमात्र छोरीको गैरआवासीय नेपालीसंग विहे भएको छ ।
Googal
Om Hospital
Shashank Koi
Suphatra