ताजा खबर News

तोकियो कार्की र यादवको सुनुवाई मिति

तोकियो कार्की र यादवको सुनुवाई मिति

sushila-602x330 असार २४ । संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित डा. अयोधीप्रसाद यादवको संसदीय सुनुवाइको टुंगो लागेको छ । सिंहदरबारमा बिहीबार बसेको संसद्को संसदीय सुनुवाइ विशेष समिति बैठकले कार्की र यादवको सुनुवाइको मिति टुंगो लगाएको हो । समितिका सचिव धु्रवप्रसाद घिमिरेका अनुसार यादवको २४ असार र कार्कीको २६ असारमा संसदीय सुनुवाइ हुनेछ ।

२४ गते बिहान साढे ८ बजे निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित अयोधीप्रसाद यादवलाई बोलाई संसदीय सुनुवाइ गर्ने र २६ गतेको पहिलो बैठकमा प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध परेका उजुरी तथा सूचना दिनेहरूलाई बोलाई उनीहरूको विचार सुन्ने र दोस्रो बैठकमा कार्कीलाई बोलाई संसदीय सुनुवाइ गर्ने निर्णय समितिले गरेको छ । नयाँ पत्रिका

Sushila Karki

विशेष