केसीको आठौं अनसन आतइबारबाट


असार २४ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूले उठाएको महाभियोग माग कोही व्यक्तिविरुद्ध नभइ चिकित्सा शिक्षा क्षेत्रमा थिति बसाल्न रहेको स्प्ष्ट पारेका छन् । चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर आइतबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका डा. केसीले यही मागमा व्यक्ति लडाएर अन्य मूल मुद्दा ओझेलमा पार्न खोजिएको आरोप लगाए ।
डा. केसीले असार १२ गते पत्रकार सम्मेलन गरी प्रमुख चार बुँदामा १३ माग अघि सार्दै आठौं अनशन घोषणा गरेका हुन् । आफूले उठाएका माग पूरा हुन नदिन सक्रिय रहेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसद्ले महाभियोग लगाउनुपर्ने मागसमेत उनले उठाएका छन् । नागरिक दैनिक
Gobinda Kc