Technology News

मोबाइलमा बाढीपहिरोको जानकारी

मोबाइलमा बाढीपहिरोको जानकारी

Mobile असार २४ । वर्षाको मौसम छ, बाढीपहिरोको जोखिम पनि कायमै छ, त्यसैले अबदेखि नदीमा आउने सम्भावित बाढी तथा पहिरोका सूचना जल तथा मौसम विज्ञान विभागले मोबाइलमै पठाउने व्यवस्था मिलाएको छ । पूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आनुअघि विभागले नेपाल टेलिकम तथा एनसेलका प्रयोगकर्तालाई सन्देश पठाउन सकिने व्यवस्था मिलाएको छ ।

यो मनसुनमा अत्याधिक वर्षा हुन सक्ने र धेरै स्थानमा बाढीका खतरा भएकाले सम्भावित क्षति न्यून गर्न मोबाइलमा सन्देश सुरु गर्न लागिएको हो । बाढीबाट हुने सम्भावित दुर्घटनाबाट जोगिन एवं क्षति न्यून गर्न मोबाइल सन्देश प्रभावकारी हुने अपेक्षा गरिएको छ । यो सेवा चौविसै घण्टा उपलब्ध छ ।

Badhi Pahiro Mobile

विशेष