खेल ताजा खबर News

विम्बल्डन टेनिसको फाइनलमा सेरेना केर्बर भिड्ने

विम्बल्डन टेनिसको फाइनलमा सेरेना केर्बर भिड्ने

_90320239_kerber

असार २४ । यस वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डन टेनिसको उपाधिका लागि अमेरिकाकी सेरेना विलियम्स र जर्मनीकी एन्जेलिक केर्बर भिड्ने भएका छन् । ६ पटककी विम्बल्डन च्याम्पियन सेरेनाले सेमिफाइनलमा रुसकी एलिना भेस्निनालाई ६-२ र ६-० को सोझो सेटमा हराउँदै नवौं पटक फाईनलमा स्थान सुरक्षित गरेकी हुन् ।

Serena Williams (USA) plays against Garbine Muguruza (ESP) in the final of the Ladies’ Singles on Centre Court. The Championships at The All England Lawn Tennis Club, Wimbledon. Day 12 Saturday 11/07/2015. Credit:  AELTC/Bob Martin

विम्बल्डन टेनिसको दोस्रो सेमीफाईनल खेलमा सेरेनाकी दिदी भेनस विलियम्सलाई ६–४ र ६–४ ले हराउँदै केर्बरले फाईनलमा ठाँउ बनाएकी हुन् । जर्मन खेलाडी केर्बर सन् १९९६ पछि विम्बल्डन टेसिनको उपाधि जित्ने पहिलो जर्मन खेलाडी बन्ने दाउमा छिन्

Wimbaldan

विशेष