ताजा खबर News

आफैले पठाएको सन्देश, आफैलाई सार्वजनिक बिदाको पत्तो नपाएका प्रधानमन्त्री

आफैले पठाएको सन्देश, आफैलाई सार्वजनिक बिदाको पत्तो नपाएका प्रधानमन्त्री

kp-oli1 असार २४ । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली एक्लै थिए भन्दा पत्यार नलाग्न सक्छ । तर, बिहीबार संसद परिसर नयाँ बानेश्वरमा त्यस्तै पत्याउन नसकिने दृश्य देखियो । बिहीबार मध्यान १२ बज्दै थियो । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरको मूल गेटमा प्रधानमन्त्री ओली एक्लै देखिए । त्यहाँ प्रधानमन्त्री देख्नासाथ झुम्मिने कुनै सांसद थिएनन् । प्रधानमन्त्री ओलीका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मात्रै थिए, उनीहसँग । दक्षिण गेटमा एक्कासी साइरन बजाउँदै सुरक्षाकर्मीको गाडी पछिपछि रहेको ट्राफिक प्रहरीले मोटरसाइकल हुइँक्याउँदै संसद परिसर प्रवेश गर्न थाल्यो । गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी भने प्रधानमन्त्रीको सवारी देखेर अक्मकिए । तर, उनीहरुमा रोक्न सक्ने साहस देखिएन ।

स्कर्टिङको गाडीसहित प्रधानमन्त्री ओली सुरक्षाकर्मीसहित संसद परिसर प्रवेश गरे । व्यवथापिका संसद भवनको मुल गेट अगाडि सदाझै स्कर्टिङको गाडी रोकियो । सुरक्षाकर्मीले गाडीको ढोका खोलेपछि प्रधानमन्त्री सदाझै उच्च मनोबलका साथ टकटक.. भित्र जान थाले । उनीभित्र जानलाग्दा सधैजसो सलोट हान्ने मर्यादापालक थिएनन, त्यहाँ । तैपनि उनी भित्र जान लागे । तर गेट बन्द थियो । सांसद र मर्यादापालक कोही थिएनन, सुनसान थियो, मुलद्वार ढोका ।

यो दृश्य नियालेपछि प्रधानमन्त्री ओलीले यता उता नियाले तर उनको नजरले चराचुरुंगी मात्रै देख्यो । त्यसपछि दाहिने कोटको खल्तीबाट मोबाइल झिकेर उनले कसैलाई टेलिफोन सम्पर्क गरे । फोन उठाउँदै उनी फर्किएर पुनः आफू सवार गाडीभित्र प्रवेश गर्न लम्किए । स्रोतका अनुसार उनले टेलिफोनमा आज किन चाँडै संसद सकियो ? कि विपक्षीले फेरि अबरोध गरे ? भन्दै प्रश्न सोधेको स्रोतले बतायो । राजधानी दैनिक

KP Oli

विशेष