ताजा खबर प्रवास प्रोफाइल News

नेपाली चेलीलाई हङकङमा अवार्ड

नेपाली चेलीलाई हङकङमा अवार्ड

Rita Gurung असार २४। हङकङ बस्दै आएकी रीता गुरुङलाई समाजमा र्पुयाएको योगदानको कदरस्वरूप त्यहाँको सरकारले उत्कृष्ट सेवा सम्मान दिने भएको छ । उनी हङकङ नेपाली महासंघकी अध्यक्ष हुन् । नेपाल, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स लगायतबाट बसाइँ आएका अल्पसंख्यकमध्ये वर्षमा २–३ जनाले मात्र पाउने पुरस्कार यसपटक गुरुङले पाउने भएकी हुन् । पोखरा, नयाँ बजारकी गुरुङ सन् १९९७ मा हङकङ गएकी थिइन् ।

अक्टोबर १ मा मनाउने राष्ट्रिय दिवसका अवसरमा उनलाई हङकङका चिफ एक्ज्युकेटिभ सिवाइ लिङले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्ड दिनेछन्। उक्त सरकारी अवार्डलाई हङकङमा ठूलो सम्मानका रूपमा लिइन्छ । महासंघकी अध्यक्ष गुरुङले त्यहाँका विभिन्न सरकारी समितिहरूमा बसेर हङकङको हितमा काम गर्दै आएकी छन्। उनले टेलिफोनमा भनिन्, ‘हङकङ सरकारले अवार्ड दिने निर्णय गरेको जानकारी पाएपछि थप जिम्मेवारी बढेको महसुस गरेकी छु । मलाई सामाजिक क्षेत्रमा अझ धेरै काम गर्ने हौसला थपिएको छ ।’ उनले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याउँदै आएकी छन् । यसअघि महासंघकै अध्यक्ष प्रदीप थापाले उक्त अवार्ड पाएका थिए । कान्तिपुर

Rita Gurung

विशेष