सशांक खतरा मुक्त छैनन्, जोखिमयुक्त अबका २४ घण्टा
काँग्रेस महामन्त्री शशाँक कोइरालाको स्वास्थ्यमा चमत्कारिक सुधार आएपनि खतरामुक्त भनि हाल्ने स्थिति नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । थप २४ घण्टाको अवश्था हेरेरमात्र खतरामुक्त भए नभएको भन्न सकिने उनीहरुको भनाइ छ । कोइरालाका स्वाश्थ्यस्थिति बुझ्न आज बिहान अस्पताल पुगेका काँग्रेस नेताहरुलाई बिफ्रिङ गर्नेक्रममा चिकित्सकले सो कुरा बताएका हुन् ।
ओम अस्पतालमा रहेका नेपाल आजका संवाददाता सागर बुढाथोकीका अनुसार कोइरालाले रातो चिया खाएका छन् । लगातार बान्ता गरेपछि कोइराला बेहोस भएका थिए । भेन्टिलेटरमा राखिएका कोइरालको झण्डै २४ घण्टा होस गुमेको थियो । स्वाश्थ्यमा सुधार आएपछि उनलाई हिजो दिउँसो उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको थियो ।
Sasanka