ताजा खबर विदेश News

अमेरिका अशान्त, डलासमा ४ प्रहरीको निर्ममता पूर्वक हत्या

अमेरिका अशान्त, डलासमा ४ प्रहरीको निर्ममता पूर्वक हत्या

Dalas असार २४ । दुई जना अश्वेत नागरिकको हत्या गरेको विरोधमा भएको र्यालीमा अज्ञात बन्दुकधारीले चार जना प्रहरीको हत्या गरेका छन् । प्रहरीसँगको भिडन्तपछि एक जना संदिग्ध आक्रमणकारी पक्राउ परेको र अर्कोले प्रहरी समक्ष आत्मसमर्पण गरेको डालास प्रहरीले जनाएको छ । र्यालीकै क्रममा गोलीबारी शुरु भएपछि भागदौड मच्चिएको थियो ।

da

प्रहरीले दुई अश्वेत नागरिक, मिनिसोटामा फिलान्डो क्यासिल र लुसियानामा एल्टन स्टर्लिङ, को हत्या गरेपछि बिरोध र्यालीको आयोजना गरिएको थियो । डालास प्रहरीका प्रमुख डेभिड ब्राउनले ११ जना प्रहरीमाथि स्नाइपरहरुले ‘एम्बुस’ गरेर गोली प्रहार गरेको जानकारी दिए । शुरुमा तीन जनाको मृत्यु भएको बताइएकोमा पछि संख्या चार पुगेको प्रहरीले बताएको छ । ‘यो घटना नियोजित देखिन्छ । उनीहरु सकेसम्म धेरै प्रहरीलाई मार्न र घाइते बनाउन चाहन्थे,’ ब्राउनले भने ।

America

विशेष