सुनुवाई समितिे पारित गर्याे यादवको सुनुवाई प्रमुख आयुक्त बन्न यादवलाई बाटो खुल्ला
काठमाडौं, असार २४ । व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिकोे बैठकमा यादवको सुनुवाई भएको थियो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ । संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
Ayodi Yadav