ताजा खबर News

बाढीले दुई विद्युत्गृह बन्द

बाढीले दुई विद्युत्गृह बन्द

असार - २४ । नदीमा बाढी आएपछि म्याग्दी र मुस्ताङमा रहेका दुई वटा जलविद्युत् आयोजना बन्द भएका छन् ।

hidropower

म्याग्दीको नारच्याङस्थित दुई मेघावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना र मुस्ताङको कोवाङमा रहेको २४० किलोवाट क्षमत्ताको चोकोपानी जलविद्युत् आयोजना बन्द भएको हो । आयोजना बन्द हुँदा उत्तरी म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको छ । सन् २०७२ फागुन १२ गते अन्नपूर्ण हिमालको फेदीमा आएको सुख्खा पहिरोका कारण निलगिरी खोलामा निरन्तर रुपमा ढुङ्गामाटो सहितको लेदो आउने गरेकाले तातोपानी साना जलविद्युत् आयोजनाबाट नियमित विद्युत् उपत्पादन हुन नसकेको आयोजनाका प्रमुख लालबहादुर लम्सालले बताए । टर्वाइन मर्मत अभाव र नहरमा बाढी थुपिँद्रा पाँचसय किलोवाट विद्युत् उत्पादन भइरहेको आयोजनाबाट नियमित विद्युत् उत्पादन हुन नसकेको लम्सालले बताए । मुहान र नहरको बाढी हटाउँदा आयोजना चल्ने र एकैछिनमा थुप्रिने बाढीका कारण बन्द हुने गरेको छ । यसैगरी नहरमा बाढी पसेपछि मुस्ताङमा रहेको एकमात्र चोकोपानी जलविद्युत् आयोजना पनि बिहीबारदेखि बन्द भएको छ । दुईवटै आयोजना बन्द भएपछि उत्तरी म्याग्दीका पाँचवटा गाविस र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ । पर्वतको मोदीदेखि मुस्ताङको कोवाङसम्मको १०६ किलोमिटर दुरीको ३३ केभी क्षमत्ताको केन्द्रीय वितरण लाइनमा धेरै समस्या आउने भएकाले विद्युत् आपूर्तिमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सीताराम साहले बताउनुभयो । मोदीदेखि कोवाङसम्मको कुनै एक ठाउँमा समस्या भएपछि सबै ठाउँमा विद्युत् अवरुद्ध हुने गरेको साहको भनाइ छ । रासस

Jal Bidhut Lamjung Mustang nepal

विशेष