अर्थ News

किसानलाई ५ हजार अनुदान

किसानलाई ५ हजार अनुदान
असार - २४ । जिल्ला कृषि विकास कार्यालयले ‘बृहत्तर धान उत्पादन कार्यक्रम’अन्तर्गत जिल्लाका १६ वटा कृषक समूह र सहकारी संस्थालाई रु सात लाख ८२ हजार अनुदान उपलब्ध गराएको छ । Money कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवका अनुसार जिल्लालाई धानमा आत्मनिर्भर बनाउने उद्देश्यले आव २०७२÷७३ मा महागढीमाई, निजगढ, सिम्रोनगढ, कोटहवी, कलैया गढीमाई नगरपालिका तथा पकडिया, कच्चौवा, देवापुर, हर्दिया, प्रसौना, प्रस्टोका, बदनबुवा, तेतरिया, गडहल, नरही, उमजन, खोपवा, पिप्रावसन्तपुर, किसुनयुवा गाविसका कसानलाई सो अनुदान उपलब्ध गराइएको हो । किसानलाई प्रतिहेक्टर रु पाँच हजार तथा बाली बिमामा ७५ प्रतिशत अनुदान दिइएको हो । यस्तै नमुना ब्लकका लागि समाज सुधार कृषि सहकारी संस्था कुमरवानालाई पाँच हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि रु ५० हजार अनुदान उपलब्ध गराएको छ । यस वर्ष जिल्लामा नौ हजार ७०० हेक्टर क्षेत्रफलमा चैतेधानखेती गरिएको र उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष नौ हजार ६६५ हेक्टर क्षेत्रफलमा चैतेधानखेती गरिएकामा ५१ हजार २२४ मेट्रिक टन धान उत्पादन भएको थियो । चैतेधानको उत्पादकत्व आव २०७१÷७२ मा प्रतिहेक्टर ५।३० मेट्रिक टन रहेको थियो । रासस

Anudan Kishan

विशेष