नेपालको गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा छैनः जोली
असार – २४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको संविधान नेपालीले नै बनाएका हुन् । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन । मधेसीहरुले सीमानाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो । नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौमै खोज्नु पर्छ ।’
जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिक स्तरमा कुनै गतिरोध नभएको बताए । अहिले भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका बक्ततब्य भ्रामक भएको आरोप लगाए । यो बेलामा त्यस्तो मतभेद उत्पन्न गर्ने कुनै पनि खाले बक्तब्यलाई अस्वीकार गर्नु पर्ने धारणा राखे ।
जोलीले नेपालका दलहरुले राजनीतिक, समाजिक, सहयोगको आधारमा काम गरेर नेपालमा राजनीतिक स्थायित्वकोलागि प्रभावी कदम उठाउने अपेक्षा ब्यक्त गर्दै मधेसको समस्या बार्ता र संबादकै बाटोबाट हल गर्नु पर्ने धारणा राखे ।
साक्षत्कार सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न भएको थियो ।