हिमालय एजुकेसन नेटवर्कका विद्यार्थीलार्इ अमेरिकामा उच्च शिक्षा
असार – २४ । हिमालय एजुकेसन नेटवर्क अन्र्तगतका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले अमेरिकामा उच्च शिक्षा हासिल गर्न पाउने भएका छन ।
नेटवर्क अन्र्तगतको हिमालय विद्या मन्दीर, हिकोले र मिस्ट कलेजमा अध्ययन गरेर विदेशमा थप उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीले अमेरिकाको बेल्लेभ्यू विश्वविद्यालयमा अध्ययन गर्न पाउने भएका हुन ।
बेल्लेभ्यू विश्वविद्यालयकी अध्यक्ष डा. मेरी हक्विन्स र नेटवर्कका अध्यक्ष निलकृष्ण ताम्रकारवीच उच्चशिक्षा अध्ययनको विषयमा सम्झौता भएको शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष ताम्रकारले नेपाल विद्यार्थीहरुकोलागि उच्चशिक्षाको आर्कषक गन्तब्य बन्दै आएको सो विश्वविद्यालयसँगको सम्झौताले अब नेपाली विद्यार्थीहरुलाई पर्नेगरेका सबै खाले समस्याहरुको समाधान हुने विश्वास ब्यक्त गरे । उनले यो सम्झौताले विशेष गरेर नर्सिङ्ग क्षेत्रमा थप अध्ययन गर्न चाहनेहरु बढी लाभान्वित हुने बताए ।
Himalayan Education Network