यसरी गर्दै छ थारुवानले एक महिना लामाे असहयोग र भद्रअवज्ञा आन्दोलन
असार – २४ । आन्दोलतर थरुहट/थारुवान संयूक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलनको घोषणा गरेको छ । समितिले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रममा असार २४ गते देखि साउन २३ गतेसम्म नेपाल सरकारद्वार आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने बताइएको छ ।
सो समयमा थारु समूदायले हातमा कालोपट्टी बाध्ने थरुहट जिल्लाका प्रत्येक घर, चौक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन, दियो, टुकी र मैनबत्ति बाल्ने रहेको छ ।
साउन १५ गते मुखमा कालोपट्टी बाधेर लाल्टीन जुलुस र धर्ना दिने, असार ३१ गते काठमाडौको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि दिउसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दियो र मैनबत्ति बालेर मुखमा कालो पट्टी बाँधी धर्ना गर्ने जानकारी दिएको छ । साउन २७ गते आन्दोलन एक वर्ष पुगेको अवसरमा आन्दोलनलाई थप उचाईमा पुर्याउने गरी मनाउने रहेको छ ।
समितिले संबैधानिक परिषद, न्यायपरिषद, मन्त्रिपरिषदले राज्यको विभिन्न अंग, निकाय र तहमा भएका मनोनयन र नियूक्तीहरु संघीय गणतान्त्रिक संविधानको मर्म र प्रस्तावना विपरित रहेको भन्दै गंभिर आपत्ति प्रकट गरेको छ ।
Tharu Hat