पत्रकार आचारसंहिता परिवर्तन, अनुमतीबिना बालबालिकाको फोटो छाप्न नपाईने

असार – २४ । पत्रकारहरुलाई नयाँ पत्रकार आचारसंहिता आउन लागेको छ । प्रेस काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गर्न लागेको हो ।
[caption id="attachment_10605" align="alignleft" width="300"]
तस्विर : किसोर श्रेष्ठको फेसबुकबाट[/caption]
नेपाल पत्रकार महासंघसँग मिलेर ४८ बुँदे प्रस्तावित आचारसंहिताको मस्यौदा तयार पारिएको छ । प्रस्तावित आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल र्पुयाउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशनरप्रसारण गर्न नपाइने उल्लेख छ ।
प्रविधिको दुरुपयोग गर्न नपाउने
सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा बाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
बालबालिकाको फोटो छाप्दा अनुमति लिनु पर्ने
व्यवसायीक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन नहुने, १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्तर्वार्ता र तस्वीर प्रकाशनरप्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने पनि मस्यौदामा उल्लेख छ ।
सुधारको आवश्यकता
पाँच परिच्छेदको मस्यौदामाथि प्रेस काउन्सिलले शुक्रबार एक कार्यक्रम गरी पत्रकार र अन्य सरोकारवालासँग सुझाव लिएको थियो । कार्यक्रममा सहभागीहरुले मस्यौदा अस्पष्ट र अपूरो भएको बताएका छन् । उनीहरुले मस्यौदामा समावेश धेरै बुँदा दोहोरो अर्थ लाग्ने खालका र स्पष्ट नबुझिने खालका भएकाले सुधार आवश्यक रहेको बताएका थिए ।
Patrakar Achar Sahita
