ताजा खबर News

डाक्टर केसीको अनशनका बिरुद्ध ३३ डाक्टर अनशनमा बस्ने

डाक्टर केसीको अनशनका बिरुद्ध ३३ डाक्टर अनशनमा बस्ने
dr-gobinda-kc असार - २४ । महाराजगंज स्थित टिचिङ अस्पतालमा अनशनका बिरुद्ध अनशन सुरु हुने भएको छ । मनमोहन अस्पतालका उमाकान्त राय, सुनिल कुमार चौधरी, मिलन शाक्य लगायत ३३ जना डक्टरहरुले डाक्टर गोविन्द केसीको अनसनका बिरुद्ध अनसन बस्न लागेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने तथा काठमाडौंमा नयां मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका ४ बुंदे माग राख्दै डाक्टर केसी आइतबारबाट आमरण अनसनमा बस्दैछन् । आठौं पटक अनसनमा बस्न लागेका केसीको अनसनमार्फत नै विरोध गर्न लागिएको पहिलो पटक हो । उनीहरुले त्रिवि अस्पताल परिसरमा डाक्टर केसीलाई अनसन बस्न दिन नहुने, मनमोहन मेमोरियल शिक्षण अस्पताललाई सम्बन्धन दिनुपर्ने लगायतका ५ वटा माग राखेका छन् । गोविन्द केसीले अस्पताल परिसरमा अनसन गरे आफुहरुलेपनि सोही स्थानमा अनसन गर्ने जानकारी उनीहरुले आज शिक्षण अस्पताल प्रशासनलाई जानकारी दिएका छन् । डाक्टर गोबिन्द केसीको माग त्रिवि अस्पतालसंग सम्बन्धित नरहेकाले अस्पतालबाहिर अनसन बस्नुपर्ने बागी अनसनकारीको तर्क छ । अनशन बस्ने ३३ जना डाक्टरहरुले मनमोहन अस्पतालको बिधेयक स्वीकृती रोक्ने षडयन्त्रमा केसी लागेको आरोप लगाएका छन् । Doctor 2  Doctor Doctor 3

र याे पनि 

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

विशेष