सिन्धुपाल्चोक तातोपानीका ५८ बाढीपहिरो पीडितलार्इ हेलिकोप्टरद्वारा बाह्रविसे ल्याइयो
असार - २४ । भोटेकोशीमा आएको बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपत्मा फसिरहेका तातोपानीका ५८ जना पीडितलाई उद्दार गरिएको छ ।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट पटकमा ५८ जनालाई तातोपानीबाट बाह्रविसे बजारमा ल्याएर उद्दार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले बताए ।
प्रजिअ दवाडीका अनुसार उद्दार गरिएका ५८ जना मध्ये ४४ जनालाई स्थानीय प्रशासनले शुक्रबार नै बस चढाएर सडकमार्ग हुँदै काठमाडौं पठाएको छ । त्यस्तै, १३ जना बाह्रबिसे आसपासमा रहेका आफन्तको शरणमा बसेका छन्। त्यसमध्ये एक जना विरामी रहेकोले सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
बाढीले अरनिको राजमार्गअन्तर्गत बाह्रविसेदेखि उत्तरतर्फको २६ किलोमिटर सडक क्षतविक्षत बनाउँदा सडक यातायात सञ्चालन गर्न नसकिएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्दार गरिएको हो।