ताजा खबर News

अास्था परिवर्तन गर्न लगाउने गैससमाथि सरकारले अनुसन्धान गर्ने

अास्था परिवर्तन गर्न लगाउने गैससमाथि सरकारले अनुसन्धान गर्ने
  असार - २४ । उपप्रधानमन्त्री सिपी मैनालीले केही गैरसरकारी संस्था मानिसमा रहेको आस्था परिवर्तन गराउने कार्यमा भएको पाइएकाले त्यसको अध्ययन र अनुसन्धान भइरहेको बताए। CP-MAINALI विनियोजन विधेयक २०७३ अन्तर्गत महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमाथिको शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुलुकमा अहिले ४० हजार गैरसरकारी रहेको र २०० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी सञ्चालनमा रहेकाले तिनको अनुमगन र नियमन गर्न ऐन बनाउने कार्यको थालनी भएको जानकारी दिए ।  उनले महिला सशक्तीकरण, बालबालिकाको संरक्षण र ज्येष्ठ नागरिकको सेवाजस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयका लागि गत वर्षभन्दा पनि घटाएर आगामी आवका लागि रु दुई अर्ब ४२ करोड मात्र बजेट विनियोजन गरिएको जानकारी दिए । महिलाको स्रोतमा पहुँच बढाउन महिला संलग्न सहकारीलाई जोड दिइएको बताउँदै उनले आगामी आवमा २५ जिल्लामा बालबालिका पुनःस्थापना केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए । काठमाडौँ लगायत सहर सडक बालबालिकामुक्त गराउने अभियानलाई सरकारले तीव्रता दिएको बताउँदै मैनालीले दाइजो, छाउपडी लगायत कुप्रथा र कुरीति नियन्त्रण गर्ने कार्यक्रम अघि सारिएको पनि उनले बताए । काठमाडाैँ बाहिर पनि जेष्ठ नागरिक आश्रम बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै उनले अपाङ्गता भएका व्यक्तिलाई सीपमूलकसहित अन्य कार्यक्रममा बजेटलाई प्राथमिकता दिइएको छ भने । रासस

CP mainali

विशेष