विदेश

अस्ट्रियाली राष्ट्रपति फिसरद्वारा जिम्मेवारीबाट बिदा लिएको घोषणा

अस्ट्रियाली राष्ट्रपति फिसरद्वारा जिम्मेवारीबाट बिदा लिएको घोषणा
Pfizer असार - २४ । अस्ट्रियाली राष्ट्रपति हेन्ज फिसरले तीन जना संसदीय प्रमुखलाई अस्ट्रियाको राष्ट्रपतीय निर्वाचनलाई पुनः गर्ने जिम्मेवारी छोड्दै शुक्रबार आफ्नो पदबाट बिदा लिएका छन् । सन् २०१६ को मेमा भएको निर्वाचनमा सानो मत अन्तरले दोस्रो स्थान हासिल गरेका फ्रिडम पार्टीका उम्मेदवार नोवर्ट होफरलगायतका तीन जनाले संसदीय प्रमुखका रुपमा काम गर्दै अाएका थिए। यदि युरोपियन युनियन (ईयू) ले राष्ट्रिय सरकारलाई केही शक्तिशाली बनाउन सहमत नभए अस्ट्रियाको (ईयू) सदस्यता सम्बन्धमा जनमत सङ्ग्रह गर्नुपर्ने धारणा राख्ने होफर दक्षिणपन्थी दल फ्रिडम पाटीका नेता हुन् तर फिसरले आफ्नो बिदाई सम्बोधनका क्रममा शुक्रबार बेलायत ईयूबाट बाहिरिने निर्णय दुःखद भएको बताउँदै यसलाई बेलायतको कमजोर निर्णयको सज्ञा दिनुभएको छ । युरोपियन युनियनको सदस्यता सम्पूर्ण सदस्य राष्ट्रका लागि मूल्यवान भएको उनकाे भनाइ छ । फ्रिडम पार्टीले राष्ट्रपतिको निर्वाचनको मतगणनामा व्यापक अतियमितता भएको दाबी गर्दै पुनः निर्वाचन गर्नुपर्ने बताउँदै अदालतको ढोका ढकढकाउन पुगेपछि उच्च अदालतले उक्त मुद्दा उपर सुनुवाईपछि सरकारलाई पुनः मतदान गर्न आदेश दिएको थियो । सन् २०१६ को मे मा भएको निर्वाचन परिणाम अनुसार फ्रिडम पार्टीका उम्मेदवार नोवर्ट होफर स्वतन्त्र ग्रीन पक्षधर उम्मेदवार अलेक्जेन्डर भानडेर बेलेनसँग सामान्य मत अन्तर (९०.६ प्रतिशत) ले पराजित भएको घोषणा गरिएको थियो । तर फ्रिडम पार्टीले दशौँ हजार मत बाकस औपचारिक गणना सुरु हुनुपूर्व नै सामान्य निर्वाचन आचारसंहिता विपरित खोलिएको बताउँदै अदालतमा पुगेको थियो । रासस÷एपी

Pfizer Australia Chairman

विशेष