ताजा खबर News

जनकपुर घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति

जनकपुर घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति
असार - २४ । नेकपा(माओवादी) केन्द्रले धनुषा जनकपुरको जनता मावि रजौलको विद्यालय व्यवस्थापन समितिको चयन विवादमा भएको घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । Maobadi Kendra पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश नं २ को विशेष बैठकले पार्टीका पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलमाथि प्रहरीले बिनाकारण गरेको अमानवीय व्यवहारको छानबिन गर्न नेता जगतप्रसाद यादव, अनिल श्रेष्ठ र राज खड्का सदस्य रहेको समिति गठन गरेको हो । प्रदेश नं २ का इन्चार्ज मातृकाप्रसाद यादवले विद्यालय व्यवस्थापन समितिको निर्वाचन जस्तो सामान्य विषयमा प्रहरी प्रशासनले धरपकड गर्नु कानुनी शासन र विधिको ठाडो उल्लङ्घन भएको बताए । यस्तै बैठकले आगामी साउन ३ गते धनुषा, ४ गते सिरहा, ५ गते सप्तरी, ७ गते महोत्तरी, ८ गते सर्लाही, ९ गते रौतहट, १० गते बारा र ११ गते पर्सामा जिल्ला भेला आयोजना तथा साउन १ र २ गते प्रदेश नं २ को सचिवालय बैठक जनकपुरमा गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सङ्गठन निर्माण प्रक्रियालाई द्रुत रुपमा अगाडि बढाउन र जनताका बीचमा गएर काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । पार्टी एकताको भावनालाई पार्टी नेता, कार्यकर्ता तथा जनताको तहमा पुर्याउन र एकताको मर्मअनुसार अगाडि बढ्न आग्रह गरे। पार्टी नेता रामबहादुर थापाले मुलुकको विषम अवस्थालाई ख्याल गरेर सङ्गठन निर्माणमा जुट्न निर्देशन दिए । रासस

Maobadi Kendra

विशेष