विदेश

७८ सदस्य मोदी मन्त्रीमण्डल, ७२ मन्त्री करोडपति, २४ विरुद्ध अपराधिक मुद्दा

७८ सदस्य मोदी मन्त्रीमण्डल, ७२ मन्त्री करोडपति, २४ विरुद्ध अपराधिक मुद्दा
narendar modi हालैको विस्तारपछि मोदी मन्त्रीमण्डलको सदस्य संख्या ७८ पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र ५ मन्त्रीलाई हटाएर १९ जना नयाँ नियुक्त गरेका थिए । ७८ मन्त्री मध्ये ७२ मन्त्री करोडपति हुन् । भारतको नेशनल इलेक्शन वाच र एसोसिएसन फर डेमोक्रेछिटक रिर्फमले रोचक आँकडा सार्वजनिक गरेको हो । सबैभन्दा सम्पत्ती एमजे अकबरसँग ४४. ९० करोड भारु छ । त्यस्तै दोस्रोमा पीपी चौधरीसँग ३५.२५ करोड र विजय गोलयसँग २९.९७ करोड सम्पत्ती रहेको रिपोर्टमा उल्लेख गरिएको छ । मोदी मन्त्रिमण्डलभित्रकै नौ मन्त्रीको सम्पत्ती ३० करोडबढी छ, जसमा अरुण जेटली समेत पर्छन् । सबैभन्दा कम ६०.९७ लाख सम्पत्ती भएका मन्त्री अनिल माधव दवे हुन् । नौ महिला मन्त्रीहरु मध्ये ३३ वर्षीया अनुप्रिया पटेलको सबैभन्दा धेरै सम्पत्ती रहेको छ । कुुल ७८ मन्त्रीमध्ये २४ विरुद्ध अपराधिक मुद्दा छ । यस मध्ये तीनविरुद्ध हत्या प्रयास, सम्प्रदायिक सदभाव भड्काएको र चुनावी हिंसासँग जोडिएका गम्भीर आरोप छ ।

India Narendra modi

विशेष