सुदूरपश्चिम विकास गुरु याेजना पेश गर्न प्रमकाे निर्देशन
असार - २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासका लागि आगामी भदौसम्ममा गुरु योजना निर्माण गर्न सुदूरपश्चिम विकास आयोगलाई सुझाव दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकमा प्रधानमन्त्री ओलीले सूदुरपश्चिमका प्रमुख विषयलाई समेट्ने गरी गुरु योजना तयार पार्न सुझाव दिएका हुन् । सुदूरपश्चिम विकास परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भदौसम्ममा गुरु योजना तयार पारी असोजमा बस्ने परिषदको बैठकमा पेश गर्न निर्देशन दिए ।
बैठकमा सूदुरपश्चिमका सासंदहरु एनपी साउद, बद्री पाण्डे लगायतका नेताहरुले सुदूर पश्चिमको विकासका लागी आयोगको कार्यालय सोही विकास क्षेत्रमा राख्नुपर्ने माग राखेका थिए । सुदुरपश्चिम विकास आयोगले प्रधानमन्त्री तथा सुदूरपश्चिमका सांसद तथा नेताहरुको सुझावअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको छ
KP Sharma Oli sudurpachim