ताजा खबर News

डाक्टर केसीलाई झट्का, शिक्षण अस्पतालमा अनसन नगर्न डीन कार्यालयको निर्देशन (विज्ञप्ति सहित)

डाक्टर केसीलाई झट्का, शिक्षण अस्पतालमा अनसन नगर्न डीन कार्यालयको निर्देशन (विज्ञप्ति सहित)

 प्राdr-govinda-kc-nepal-aajaध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालभित्र अनसन र विरोधका कार्यक्रम नगर्न चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयले आग्रह गरेको छ । डीन कार्यालयले आज विज्ञप्ति जारी गर्दै अस्पताल परिसरमा अनसन गर्दा पर्ने नकारात्मक प्रभावको जिम्मेवार स्वयं केसी नै हुनुपर्ने स्पष्ट गरेको छ । उसले अस्पतालमा बारम्बार अनसन र विरोधका कार्यक्रम गर्दा बिरामीलाई क्षति पुगेको भन्दै सो कार्य नदोहोराउन केसीलाई आग्रह गरेको हो । केसी स्वयं उपस्थित भएको बैठकले अस्पताल हातामा विरोधका कार्यक्रम नगराउने नगर्ने निर्णय गरेको डीन कार्यालय स्मरण गराएको छ । विरोधका कार्यक्रम गर्दा बिरामीलाई नकारात्मक प्रभाव पर्ने तथा अस्पताललाई आर्थिक क्षति हुने डीन कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

gobinda

Gobinda Kc

विशेष