मेरो परिवार मेरो कथा News समाज

केटीलाई पत्रिकामा बेरेर गुलाबको फूल दिनेदेखि क्रार्यक्रममै महिलालाई आंखा झिम्क्याउंने नेता बालकृष्ण खाण

केटीलाई पत्रिकामा बेरेर गुलाबको फूल दिनेदेखि क्रार्यक्रममै महिलालाई आंखा झिम्क्याउंने नेता बालकृष्ण खाण

असार - २५ । बालकृष्ण खांण कांग्रेसका प्रभावशाली युवा नेता हुन् । नेबिसंघ र तरुण दलको अध्यक्ष भइसकेका खाणको देश भर नेटर्वक छ । खाणबारे कांग्रेसमा अनेक किस्सा छन् । ह्याण्डसम बालकृष्ण खाण महिलामैत्री नेताका रुपमा पनि परिचित छन् ।

०४९ सालतिर अनेरास्ववियुले विरोधको कार्यक्रम गरिरहेको थियो । नेविसंघमाथि खनिएको थियो अनेरास्ववियु । विश्वज्योती हल अगाडी ढुंगाबाट जोखिन हम्मेहम्मे थियो । मञ्जुपनि त्यहीं लुक्दैथिइन् । खाणपनि लुक्दैथिए । लुक्ने क्रममै मञ्जु र खाणको चिनजान भयो । त्यसपछि भेट हुन थाल्यो । उनी नेता भइसकेका थिए । एक दिन खाणले मञ्जुजी राम्रो समाचार छ भन्दै मञ्जुलाई पत्रिका थमाए । गुजुल्टिएको पत्रिका खोलेर हेर्दा त्यहां त गुलाबको फूल पो रहेछ । फूलमार्फत खाणले पिरतीको बाण हानेका थिए । निशाना सही लाग्यो । प्रेम बस्यो । २०५१ साल बैशाख ११ गते त विवाह नै भयो ।

विवाहपछिपनि खाणले परिवारका लागि उतिसारो समय निकाल्न सकेका छैनन् । बुढाबुढी एक्लै घुम्न जाने, मस्ती गर्ने भन्ने त्यति छैन । कार्यकर्तासंगपनि झोक्किहाल्ने खाण श्रीमतीसंगपनि रिसाइहाल्छन् । रिसाएभने सानासाना कुरामा समेत निहुं खोज्छन् । यो जग यहां कस्ले राखेको भनेर समेत रिस फेर्ने श्रीमती मन्जुको भनाइ छ । तर, खाणको रिसमा पनि प्रेम पाउंछिन् मन्जु । गम्भीर प्रकृतिका छन् खाण । तर, कहिलेकाहीं फयाट्टै झिस्किन्छन् ।

त्योपनि सार्वजनिकस्थलमा । मञ्चमा थिए खाण । दर्शकदिर्घामा थिइन् मन्जु । ट्वाइलेट गएर फर्कदै गर्दा दुबैका आंखा जुंधे । खाणले किचिक्क एउटा आंखा चिम्लिए । वरपर महिला नै थिए । सबैले मन्जुलाई चिमोट्न थाले । मन्जुलेपनि मलाई होइन तिमीहरुलाई आंखा मारेको भनेर उम्किन खोजिन् । सबै गलल्ल हासे । हल्का पिउंछन् खाण । यूरिक एसिडका कारण सेतो रंगको मदिरा लिन्छन् । तर, प्रकाशमान सिंहको घरमा एकदिन नराम्रोसंग खाएछन् । हिड्न नसकेपछि कांग्रेसका युवा नेता सुरेन्द्र पाण्डेले बोकेरै घर पु-याएका रहेछन् ।

श्रीमान रिसाए नरिसाएको पहिल्यै थाहा पाइसक्छिन् मन्जु । सफलता पाउंदा उनी चम्किहाल्दा रहेछन् । निराश हुंदा गम्किहाल्दछन् । शेरबहादुर देउवा सभापतिमा बिजयी हुंदा खाणमा खुशीको सीमा थिएन । बुबा बित्दा समय दिन नसको पश्चतापले उनलाई लामो समय पिरोलेको थियो । (नयां पत्रिकामा मन्जुसंग बालकृष्ण खाणबारे गरिएको कुराकानीमा आधारित )

BalKrishna Khand Nepali Congress

विशेष