संघीयतामाथि ओली वचन–यो नेपालको एजेण्डा होइन देखि बाख्रालाई भैंसीको सिंहसम्म
दोस्रो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेभित्र प्रदीप नेपाललगायतको समुहले संघीयताको एजेण्डा त्याग्नुपर्ने लबिङ ग-यो । एमालेका शीर्ष नेताहरुले झ्याप्पै आंट गर्न सकेनन् । तर, उसले यसअघि स्विकार गरेका र पार्टीको संघीय नीतिका रुपमा लिपिवद्ध गरिसकेका कैयौं विषयप्रति पिंठ फर्काइसकेको थियो । संविधानसभाको निर्वाचनमा एमालेको आकार पहिलो निर्वाचनमा भन्दा आकाशियो ।
सकिएको ठानिएको एमाले जुरमुराएको थियो । नेताहरुमा खुशीको सीमा थिएन । शीर्ष नेताहरुको बैठकमा कुरा चल्योः संघीयताको विरोधै गरेर चुनावमा गएको भए त कांग्रेसलाईपनि क्यांच्च पार्न सकिने रहिछ ।
पार्टीमा एकपछि अर्को गरी केपी ओली इपिसेन्टर बन्दै गए । संसदीय दलको नेतादेखि पार्टी अध्यक्षसम्म भएका ओलीले संविधान निर्माणको पूर्व सन्ध्यामा भनेः संघीयता नेपालको एजेण्डा होइन, एमालेले बाध्यतालेमात्र बोकेको हो । भविश्यले यसका बारेमा निर्धारण गर्नेछ ।
ओलीको राजनीतिक आरोहको रफ्तार रोकिएन । उनी प्रधानमन्त्री हुंदै देशकै इपिसेन्टर बने । संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी संघीयतालाई बिदेशीको एजेण्डा ठान्ने ओलीको कांधमा आइपुग्यो । तर, ओलीलाई भित्रदेखि संघीयता कार्यान्वयन गर्ने चाहना नभएको उनको व्यवहार र बोलीबाट प्रष्ट हुन्छ । उनले संघीय मामिला मन्त्रालयको जिम्मेवारी नै संघीयता विरोधी कमल थापालाई सुम्पेका छन् । गणतन्त्र र संघीयताको विरोध गरेरै राजनीतिमा पुर्नस्थापित भएका थापालाई वार्ता समितिको संयोजक बनाएका छन् ।
हुंदाहुंदा शनिबार सरकारले आयोजना गरेको गोष्ठीमा ओलीले भने, ‘संघीयता बाख्रालाई भैंसीको सिङ होला भन्ने लागेको अभिव्यक्ति दिए । एउटा सरकार चलाउने क्षमता नभएको बेलामा ८ वटा सरकार कसरी चलाउने भन्दै उनले संघीयताप्रति बितृष्णा व्यक्त गरे ।
उनले बाख्राले भैंसीको सिङ बोक्न नसकेजस्तै नेपालले संघीयताको बोझ बोक्न नसक्ने होकी भन्ने संशय व्यक्त गरे । क्षमताभन्दा बढीको बोझ बोकाएमा दुर्घटना हुंने भन्दै उनले सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए ।
र, यो पनि
संघीयता नेपालको एजेण्डा होइनः प्रधानमन्त्री, देश टुक्राउने अश्त्रः उपप्रधानमन्त्रीहरु
CPNUMl KP Sharma Oli