ताजा खबर News

शशांककाे स्वास्थ्यमा सुधार, झोलिलो खान थाले

शशांककाे स्वास्थ्यमा सुधार, झोलिलो खान थाले
Shashanka-Koirala २५ असार , काठमाडौं । स्वास्थ्यमा सुधार आउन थालेपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले झोलिलो खानेकुरा खान थालेका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका डा.कोइरालाको स्वास्थ्य बुधबार बिहानपखदेखि झन् जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि बिहीबारदेखि भेन्टिलेटरबाट हटाइएका डा. शशांकले चिकित्सकको निगरानीमा जुसलगायत झोलिलो खान थालेको उपचारको नेतृत्व गरिरेहका डा। लवनरसिंह जोशीले बताए । सुतिरहेका बेला बान्ता गर्दा सर्किएर फोक्सोमा परेपछि डा। शशांकका महत्वपूर्ण अंगहरुले काम गर्न सकेका थिएनन् । निरन्तर विशेषज्ञको उपचारपछि उनको स्वास्थ्य २४ घन्टामै सुधार आएको हो । आजको अन्नपूर्णमा समाचार छ ।

Om Hospital Shashanka Koirala

विशेष